आगामी मंसिरमा हुने नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि १८ भदौँमा कञ्चनपुर सहित अधिकाँस जिल्लामा वडा सम्मेलन भए त्यहाँबाट क्षेत्रीय प्रतिनिधी चुनिएका छन । केही जिल्लामा भने वडा अधिवेशन भएको छैन । कञ्चनपुरमा सौहार्दपूर्ण वातावरणमा अधिवेशन भए । झण्डै तीन दशक बढि काँग्रेसको राजनीति गरेका पुराना नेता गोपाल गुरुङ्ग काँग्रेस कञ्चनपुरको जिल्ला सभापतिको दौडमा देखिएका छन ।

 

दुई पटक काँग्रेस कञ्चनपुरको सभापतिमा पराजित भएका नेता गुरुङ्ग फेरी सभापतिका लागि देखिएका छन । संस्थापन पक्षका नेता भएकाले उनलाई देउवा पक्षको साथ नदिएकै कारण दुई पटक सभापतिबाट बञ्चित भएका काँग्रेस नेता गुरुङ्ग अहिले पनि सभापतिको दौडमा देखिएका हुन । प्रजातन्त्र पूनर्वबहाली अघि उनी भारतको अध्ययनका सिलसिलाका क्रममा जयदेव नाथ नेतृत्वको नेवि संघ लखनउ विश्वविलयको सल्लाहकारबाट राजनीतिक यात्रा शुरु गरेका गुरुङ्गले ०४६ सालमा नेपाली काँग्रेसको क्रियाशिल सदस्यता लिएका थिए ।

 

पञ्चायती शासनकालको अन्त्यसंगै नेता गुरुङ्ग काँग्रेस कञ्चनपुरको जिल्ला सदस्य भएका थिए । जिल्ला सदस्य भएका गुरुङ्ग काँग्रेस फुटदा संस्थापन पक्षबाट सह सचिव हुँदै अहिले महाधिवेशन प्रतिनिधी छन । ०७४ सालमा सम्पन्न भएको प्रदेश सभा सदस्य निर्वाचनमा काँग्रेसका तर्फबाट निर्वाचन क्षेत्र नम्बर १(क)बाट प्रदेश सभा सदस्यका उम्मेदवार भएका उनी माओवादी–एमाले गठबन्धनका साझा उम्मेदवार तारालामा तामाङ्गसंग पराजित भएका थिए ।

 

ईतिहास विषयमा स्नाकोत्तर र सुचना प्रविधिमा डिप्लोमा गरेका काँग्रेस नेता गुरुङ्गले काँग्रेसमा ३२ बर्ष राजनीतिक गरेका छन । १० औँ महाधिवेशनमा परिवेक्षक भएका गुरुङ्ग ११ औँदेखि १३ औँसम्म महाधिवेशन प्रतिनिधी भएका थिए । १२ औँ बहादुर सिह थापा र १३ औँ हरि प्रशाद बोहरासंग पार्टी सभापतिमा पराजित भएका गुरुङ्ग कार्यकर्ता र जनतामा लोकप्रियका रुपमा चिनिन्छन । पार्टी भित्र र बाहिरका चुनावमा पराजित हुँदा समेत ढुक्क भएर उनी काँग्रेसको नीति, सिद्धान्त अनुरुप पाटीकै काममा होमिदै आएका छन ।

 

काँग्रेस कञ्चनपुरको सभापतिका आँकाक्षी गुरुङ्गले सहमती सहकार्यमा आफु बाधक नबन्ने बताए । ‘म पार्टीको नेतृत्व सहमती, सहकार्यका लागि तयार छु, ‘उनले भने, ‘नेतृत्वको पार्टी कार्यालयमा राखेर सहमती गराउँछन, भने म बाधक बन्दैन, तर बन्द कोठा, होटलमा मदिरा सेवन गरेर गर्ने सहमतीमा मेरो बिमती हुन्छ ।’ पार्टी सभापति भएर कञ्चनपुर काँग्रेसलाई एक ढिक्का र विपीकै नीति, सिद्धान्त अनुरुप अघि बढ्ने उनको रणनीति छ ।

प्रतिक्रिया दिनुस