गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनाबारे संसदलाई जानकारी दिने भएका छन् । आजदेखि सुरु हुने संसदको अधिवेशनको पहिलो बैठकमा दार्चुला घटनाका विषयमा गृहमन्त्री खाँणले जानकारी गराउन लागेका हुन् ।
जानकारीका क्रममा खाँणले घटना कसरी घट्यो, त्यसपछि सरकारले गरेका कामबारे जानकारी दिने तयारी गरेका छन् । “घटनापछि सरकारले के–के काम गरेको छ भन्ने विषयमा गृहमन्त्रीले संसदलाई जानकारी गराउनुहुनेछ,” कांग्रेस सचेतक पुष्पा भुसालले भनिन्, “सरकारले भारतलाई पठाएको कुटनीतिक नोटमा के भनिएको छ, परिवारलाई सरकारले के गरेको छ भन्ने सबैकुरा गृहमन्त्रीले संसदमा राख्नुहुने छ ।”
सरकारले घटनाको लामो समयसम्म कुटनीतिक नोट नपठाएको, भारतीय पक्षबाट घटना घटाएको विषयमा बोल्नसमेत डराएको भन्दै आजै प्रतिपक्षी दल नेकपा एमालेले संसदमा प्रश्न उठाउँदै छ ।
प्रतिक्रिया दिनुस