महेन्द्रनगर । नेकपा (क्रान्तिकारी माओवादी) सहित विभिन्न ६ दलले एमसीसी विरुद्ध कैलालीको अत्तरियामा व्यापक विरोध प्रर्दशन गरेका छन् । बुधबार नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय समाजवादी मंच, नेकपा(माले) र देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालले सयुंक्त रुपमा एमसीसी विरुद्ध अत्तरिया बजारमा र्याली सहित विरोध प्रर्दशन गरेका हुन् ।

May be an image of 7 people, people standing, crowd and outdoors

‘एमसीसी सम्झौँता खारेज गरौँ, राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ , वैदेशिक हस्ताक्षेप बन्द गर !! लगायतका नाराबाजी गर्दै निकालिएको जुलुस पछिको कोणसभामा बोल्ने बक्ताहरुले एमसिसि रास्ट्र बिरोधी रहेको बताएका थिए । कार्यक्रममा क्रान्तिकारी माओवादीका सुदुरपश्चिम प्रदेश संयोजक पुस्कर जोशीले वैदेशिक हस्तक्षेपको बिरुद्ध देशभक्तहरु एकजुट हुनुपर्ने बताए ।

एमसीसीको बिरुद्ध सबै बर्ग समुदाय तथा पेशाका नागरिकहरु एकताबद्ध भएर लाग्नुपर्ने उनिहरुले जोड दिए। क्रान्तिकारी माओवादिले एमसीसीको विरुद्ध चरण बद्द आन्दोलन गर्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुस