नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार बैतडीमा वडा अधिवेशन सम्पन्न भएको छ । सोमबार सम्पन्न वडा अधिवेशनबाट मेलौली नगरपालिका वडा नं ५ का २६ बर्षीय प्रेम बहादुर चन्द पनि वडाको क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन् । २०७० साल मा बिधार्थी नेता बाट राजनीति सुरु गरेका चन्द दुई पटक नेपाल बिध्यार्थी संघ बाट क्षेत्रीय प्रतिनिधि पनि छनौट भएका थिए। विभिन्न क्षेत्रमा आबद्ध भैइ नेपाल बिध्यार्थी सघ का जिल्ला सदस्य मा पनि चन्द मनोनित भएका थिए । समाजिक काम लाई नै आफ्नो राजनिती मान्दै आएका चन्द नेपाली काग्रेसको चौधौ अधिबेशन मा मेलौली नगरपालिका वार्ड न. ५ बाट क्षेत्रीय प्रतिनिधि निर्बाचित भएका हुन ।

 

राजनीतिमा युवाको सहभागिता बढाउने कांग्रेसको लक्ष्य बमोजिम उहाँलाई राजनीति मार्फत समाज परिवर्तनका लागि पहल गर्ने अपेक्षा सहित काङ्ग्रेसले वडा नं ५ को क्षेत्रिय प्रतिनिधिमा नियुक्त गरिएको छ । प्रेम बहादुर चन्द मेलौली नगरपालिकावडा नम्बर ५ को क्षेत्रिय प्रतिनिधिमा नियुक्त भए पछि प्रमाणपत्र क्षेत्रिय प्रतिनिधिमा नियुक्त गरिएसँगै खुसी व्यक्त गर्दै उहाँले युवा हरुको हरेक समस्या राजनितिको माध्यमबाट उठाउने बताउनुभयो । अहिले उनलाई बधाई दिने काङ्ग्रेसजन सहित अन्य दलको घुइँचो लागेको छ । चन्द यस अघि कञ्चनपुरका संचार माध्यममा कार्यरत थिए । युवा चन्दले पार्टीको एकिकृत विकास र जनताको विकास उठान गर्ने घोषणा गरेका छन ।

प्रतिक्रिया दिनुस