कञ्चनपुर भाद्र २३। नेपाल कम्युनिष्ट पार्टीले कञ्चनपुरको भिमदत्त नगर पार्टीको आयोजनामा राष्ट्रघाति सम्झौता mcc का विरुद्धमा भीमदत्त नगरपालिकाको ब्रह्मदेवमा विरोध प्रदर्शन गरिएको छ ।

नगर पार्टी द्वारा आयोजित उक्त कोण सभामा बोल्दै पार्टी नगर सचिव दीपेन्द्र ऐरीले आफ्नो देशको स्वतन्त्रता लाई बेचेर विदेशीको इसारामा राज्यलाई दोहन गर्ने उक्त राष्ट्रघाती सम्झौता MCC तत्काल खारेज गर्नुपर्ने बताएका छन ।

सहयोगका नाममा आफ्ना सैनिक हरू देशभित्र ल्याएर अमेरिकाले जुन किसिमको षडयन्त्र रचिरहेको छ त्यसलाई बर्खास्त गर्न हाम्रो पार्टी सशक्त प्रतिरोधमा जाने चेतावनी दिएका छन ।

त्यसैगरी उक्त कार्यक्रमका अर्का वक्ता किसान संघका जिल्ला अध्यक्ष रगुबिर जोशीले पनि उक्त MCC सम्झौता पास गर्न खोज्नु यो दलाल सरकारको अनैतिक र गैरजिम्मेवारी पूर्ण काम रहेको बताएका छन । आफ्नो देशको स्वाधीनता भौगोलिक अखण्डता जोगाउनको लागि भएपनि उक्त संझौता खारेजीको लागि निर्मम संघर्समा उत्रन आम न्याप्रमी जनसमुदायमा हार्दिक अपिल पनि गरेका छन ।

ब्रह्मदेवको भिमदत्त चौकमा चलेको उक्त कोण सभाको कार्यक्रम सञ्चालन हरिस एरीले गरेका थिए भने सो कार्यक्रममा नगरपर्टीका नेता कार्यकर्ता हरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस