एमालेबाट चुनाव जितेका कञ्चनपुरका स्थानीय तहका ५१ जनप्रतिनिधीले माधव कुमार नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टी रोजेका छन । निर्वाचित आयोगले दिएको समय सीमा अनुसार एमालेबाट स्थानीय तह चुनाव जितेका कञ्चनपुरका ९ वटै पालिकाका ५१ ज्नप्रतिनिधीले नेकपा एकिकृत समाजवादी पार्टी रोजेका हुन । जिल्ला निर्वाचन आयोगको कार्यालय महेन्द्रनगरमा गएर एमाले स्थानीय तहका जनप्रतिनिधीले समाजवादी पार्टी रोजेका छन । एक नगर प्रमुख, ११ वडाध्यक्ष, एक जिसस सदस्य, ९ कार्यापालिका सदस्य र २९ वडा सदस्यले नयाँ पार्टी रोजेका हुन । पूनर्वासका मेयर जिवन थापा सहित १३ जनप्रतिनिधी वडाध्यक्षद्वय प्रताप चन्द १, कृष्ण तामाङ्ग ३, कार्यपालिका सदस्य विष्णूदेवी सिग्देल र वडा सदस्यसुकमाया तामाङ्ग, सुमित्रा राना, पार्वती देवी शाही, शान्ति माया तामाङ्ग पृथम सिह राना फुर्वा तामाङ्ग, बम बहादुर तामाङ्ग, मान बहादुर तामाङ्ग, सुपा तामाङ्गले समाजवादीमा सनाखत गरेका छन । बेलौरीका दुई वडाध्यक्ष सहित ९ जनाले जनप्रनिधीले समाजवादी पार्टी राजेका छन । बेलौरीका वडाध्यक्षद्वय नन्दकुमार राना ८, समशेर सिह पेला ९ प्रवक्ता बिनोद नेपाली, कार्यपालिका सदस्य तुलसी श्रेष्ठ धनबहादुर सार्की र सदस्य रामप्यारी विक, सोनादेवी दमाई, चमरु राना, राजमान चौधरीले समाजवादी पार्टीमा सनाखत गरेका छन । भीमदत्त नगरका दुई वडाध्यक्ष सहित ९ जनप्रतिनिधीले समाजवादी पार्टी रोजेका छन । हरक सिह धामी ६, राजेन्द्र पाण्डे १८ र कार्यपालिका सदस्य मदन सेराला, सर्जन सुनार, प्रताप तिरुवा र वडा सदस्य दानी नाथ, दल बहादुर बोहरा, अर्जुन भट्ट, हिम्मत बहादुर विष्टले समाजवादी पार्टीमा सनाखत गरेका छन । शुक्लाफाँटा नगरका ९ जनप्रतिनिधीले समेत समाजवादी पार्टी रोजेका छन । वडाध्यक्षद्वय १ हरिस विष्ट, ११ दिल बहादुर बुढा र सदस्य सरला विष्ट, बचन सिह राना, काले लुहार, लक्ष्मी राना, विमला देवी लुहार, नर बहादुर विष्ट, कुलमती रानाले समाजवादी पार्टी रोजेका हुन । बेलडाँडीका गाँउपालिका १ का वडाध्यक्ष अम्मर खत्री र दोधाराचाँदनी नगरपालिका कार्यपालिका सदस्य नन्दकला सुनार, बेदकोट नगरका कार्यपालिका सदस्य नन्दकला पुलामी पार्वती सार्की, लक्ष्मी लुहारले समाजवादी पाटमा सनाखत गरेका छन । कृष्णपुरका दुई वडाध्यक्ष सुन्दर चौधरी, छत्र महरा ९ र सदस्य जहर सिह कुँवरले समाजवादी पार्टीमा सनाखत गरेको दोस्रो दिन एमालेमै रहेको निर्वाचनका निवेदन दिएका छन । पहिलो समाजवादी रोजेर फेरी सर्मथन फिर्ता भन्दै उनीहरुले निवेदन दिएसंगै जिल्ला निर्वाचन कार्यालयले निर्वाचन आयोगमा पठाउने भएको छ । लालझाडीबाट वडा सदस्यमा निर्वाचित तीन सदस्य जिसस सदस्य डिठ्डा राना वडा सदस्य भगतराम चौधरी, शान्तिदेवी कामीले समेत समाजवादी पार्टीमा सनाखत गरेको दोस्रो दिन विज्ञप्ती निकालेर एमालेकै रहेको घोषणा गरेका छन । यस अघि कञ्चनपुरबाट समानुपातिक प्रतिनिधी सभा सदस्य बिना बुढाथोकी, एमालेबाट चुनाव जितेका चारै प्रदेश सभा सदस्य तारालामा तामाङ्ग, कुलबिर चौधरी, लाल बहादुर खडका र प्रकास रावलले समाजवादी पार्टीमै सनाखत गरेका थिए । खडका समाजिक विकास मन्त्री र रावल पुर्व राज्यमन्त्री हुन । भने तामाङ्ग पुर्व एमाले कञ्चनपुर अध्यक्ष तथा एमाले सुप प्रदेशका सचेतक थिए । एमालेबाट भीमदत्त नगरपालिका ६को वडाध्यक्ष निर्वाचित तथा नेकपा एकिकृत समाजवादी पार्टी कञ्चनपुरका नेता हरक सिह धामीले ओली पक्षीय जनप्रतिनिधीले सनाखतका बेला राज्य कोषको लाखौँ रकम हिनामिना गरेर समाजवादीमा आउन चाहेकाहरुलाई थुनेर अपहरणशैलीमा घुमाउन लगेका कारण जिल्लाभरीका अधिकाँस जनप्रतिनिधीले समाजवादीमा सनाखत गर्न नपाएको बताए । लोकतन्त्र र गणतन्त्र भाँस्ने ओलीतन्त्रको बिरोध र लोकतन्त्र रक्षाका लागि समाजवादीले यो कदम चालेको उनको भनाई छ । ‘ओलीले पार्टीलाई जेठ २मा फकाउँदैनन, ‘उनले भने, ‘भीम रावल, योगेश भट्टराई, घनश्याम भुसाल खाली फेस सेभिङ्ग मात्रै गर्न उता गएका हुन ।’ एमाले कञ्चनपुरका ७० प्रतिशत नेता कार्यकर्ता समाजवादी पार्टीकै रहेको उनको दावि छ । १० बुँदे सहमती अनुरुप समेत एमाले पार्टी नचल्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुस