काठमाडौँ–नेपाल भ्रमणमा रहेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० को प्रतिनिधिमण्डल र नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच बिहीबार भेटवार्ता भएको छ ।

सिंहदरवारस्थित एकीकृत समाजवादीको संसदीय दलको कार्यालयमा एमीसीका उपाध्यक्ष फातेमा सुमार नेतृत्वको प्रतिनिधिमण्डल र अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो । एमसीसी कम्प्याक्टमा नेपालका दलहरु विभाजित भइरहेका बेला एमसीसीको प्रतिनिधिमण्डल नेपालको भ्रमणमा छ ।

४ दिने नेपाल भ्रमणका लागि आएको सो प्रतिनिधिमण्डलले बिहीबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता गठबन्धनको दल एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेटेको हो । शुक्रबार सो प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्ने छ ।

प्रतिक्रिया दिनुस