काठमाडौँ । नेपाल र बंगलादेशको राष्ट्रिय महिला टोली मैत्रीपूर्ण फुटबलमा नेपाल २(१ गोल अन्तरले विजयी भएको छ । खेलको पहिलो हाफमा सविता रानाले १४औँ र प्रिति राईले २३औँ मिनेटमा गोल गरेपछि नेपालले अग्रता लिएको थियो ।

त्यस्तो दोस्रो हाफमा बंगलादेशकी टोहुरा खातुनले गोल फर्काएकी थिइन् ।

सविता र प्रिती दुवैले आजै राष्ट्रिय टिमबाट डेब्यू गरेका हुन् ।

प्रतिक्रिया दिनुस