सुदूरपश्चिम प्रदेशमा बिहीबार थप२४जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर बिधिबाट ९४६ जनाको नमुना परीक्षण गर्दा २४जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
२४ जनामध्ये १९जनामापीसीआर र ५जनामा एन्टीजेन बिधिमार्फत गरिएको परीक्षणमा संक्रमण देखिएको हो ।

िपीसीआर बिधिमार्फत गरिएको परीक्षणमा सेतीप्रादेशिक अस्पतालमा १५जना, महाकाली र डडेल्धुरा अस्पतालमा २÷२जनामासंक्रमण पुष्टि भएको हो । यस्तै एन्टीजेन बिधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरका ३,बझाङ र दार्चुलाका १÷१ जनामाकोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा प्रदेशभर ११जनाले कोरोनाजितेका छन्,भने उक्तअवधिमा यस प्रदेशमा संक्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन्। यसअघि बुधबार सुदूरपश्चिमका ३३जनामा संक्रमण पुष्टि हुँदा ११जना संक्रमणमुक्त भएकाथिए ।

प्रतिक्रिया दिनुस