कञ्चनपुरको बेलौरीमा जगदम्बा अस्पताल खुलेको छ । निजी क्षेत्रबाट बेलौरी नगरपालिका ४ बेलौरी बजारमा अत्याधुनिक सेवा सुविधा सहितको अस्पताल खुलेको हो । बेलौरी क्षेत्रका ईन्जिनियर समेत रहेका दिपेन्द्र विष्टले अस्पताल संचालनमा ल्याएका हुन । दक्षिणी क्षेत्रका जनताको स्वास्थ्यलाई मध्य नजर गर्दै अत्याधुनिक सेवा सहितको अस्पताल संचालनमा ल्याएका छन ।

शनिबार एक कार्यक्तमका विच सेती प्रादेशिक अस्पतालका डा.शेर बहादुर कमरले अस्पतालको उद्घाटन गरेका छन । जगदम्बा अस्पताल प्रालिका प्रबन्ध निर्देशक दिपेन्द्र विष्टले दक्षिणी क्षेत्रका जनताको स्वास्थ्य समस्या मध्य नजर गर्दै अस्पताल संचालनमा ल्याएको बताए । उद्घाटनकै दिन डा.निशान्त भट्टराई, गोबिन्द विष्ट, डा.संगिता भण्डारी, डा. ज्ञानेन्द्र जोशी, डा.सञ्जय कुमार शाह, डा.पारस पन्त सहितको चिकित्सक टोलीले निःशुःल्क परामर्स सेवा दिएको छ । अस्पताल संचालनमा आएसंगै दक्षिणी क्षेत्र बेलौरी, बेलडाँडी, लालझाडी, पूर्नवास क्षेत्रका स्थानीय जनताले भारत लगायत अन्यन्त्र गएर उपचार गर्नुपर्ने बाध्यता हट्नेछ ।

प्रतिक्रिया दिनुस