महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय डोटीको गाडीको दुरुपयोग गरेको पाइएको छ । आइतबार डोटीबाट सहायक सिडीओका आफ्न्त बोकेर सरकारी गाडी लिंगा पुगेको पाइयो । सहायक सिडीओ किरण जोशी चढ्ने बा १ झ ९८३८ नम्बरको सरकारी गाडी उनैका आफन्त बोकेर लिंगा पुगेको जनाइएको छ ।

सहायक सिडीओ जोशीको गाडी सँगै सिचाई डिभिजन कार्यालय बर्दियाका प्रमुख मधुकर राना मगर चढ्ने गाडी पनि आइतबार नै पारीवारीक भेटघाटमा लिंगा पुगेको थियो । सरकारी सवारी साधनको व्यक्तिगत प्रयोजनमा दुरुपयोग गरीदा सार्वजनिक सम्पत्तीको चरम दुरुपयोग गरिन थालेको स्थानिय बताउँछन् । सरकारी विदाका दिन गाडी सँगै इन्धनको जथाभावी दुरुपयोग गर्नमा सार्वजनिक निकायनै तल्लीन हुन थालेका स्थानिय बताउँछन् । उक्त गाडीमा सहायक प्रमुख जिल्ला अधिकारीका पारीवारीक व्यक्ति टिकटक बनाउन कञ्चनपुरको लिंगामा भेटिएको विद्यार्थी नेता पुस्कर जोशीले बताए ।

No description available.

उता डोटीका सहायक प्रमुख जिल्ला अधिकारी जोशीले कैलाली, कञ्चनपुरमा कार्यालको कामकाजका लागी गाडी पठाइएको बताइन् । तर आज रानाथारु समुदायको अटवारी पर्वको अवशर पारी सुदूरपश्चिम प्रदेश सरकारले दुइटै जिल्लामा सार्वजनिक विदा दिएको छ । डोटीमा सिडीओ नहुदा जोशी नै कार्याकारी प्रमुख छिन् । गाडी चालकलाई जिम्मा दिएकाले दुरुपयोग गरेको पाइए सोधपुछ गरी कार्वाही अगाडी बढाइने जोशीले बताएकी छन् ।

प्रतिक्रिया दिनुस