कञ्चनपुर भाद्र २७। एमालेबाट फुटेर नेकपा एकिकृत समाजवादी पार्टी निर्माण संगै उक्त पार्टीले कञ्चनपुरको भीमदत्त नगरका भेला सम्पन्न गरेको छ । आइतबार महेन्द्रनगर स्थित ऐठपुरमा नेकपा एकिृत समाजवादी भीमदत्त नगरको भेला सम्पन्न गरेको हो । भेलाले यस अघि नेपाल पक्षीय नेकपा एमालेकै नगर कमिटिलाई ब्यूँताएको नेकपा एकिकृत समाजवादी पार्टी भीमदत्त नगरका उपसचिव रमेश पन्तले बताए ।

 

नेकपा एकिकृत समाजवादी भीमदत्त नगरका उप सचिव पन्तका अनुसार संयोजक प्रताव तिरुवाकै संयोजकत्वमा ९५ सदस्यीय मुल आयोजक कमिटि विस्तार गरिएको छ । उपाध्यक्ष विष्णू भट्ट, सचिव मदन सेराला, उप सचिव रमेश पन्त सहित ९५ सदस्य रहेका छन ।

हरेक वडाबाट प्रतिनिधीत्व भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा एकिकृत समाजवादीका केन्दं्रीय सदस्य उर्वादत्त पन्त, अथिति नेकपा एकिकृत समाजवादी कञ्चनपुरका सचिव रण बहादुर महरा, क्षेत्र नम्बर ३का संयोजक प्रकास रावल, समाजवादीका नेताद्वय हरक सिह धामी, राजेन्द्र पाण्डेय सहितका नेताहरुले भेला सम्बोधन गर्दै ओलीले सर्वसत्तावाद र लोकतन्त्र मास्ने कार्य बिरुद्धमा पार्टीले बिद्रोह गर्दै नयाँ समाजवादी पार्टी निर्माण गरेकाले समाजवादी पार्टीमा होमिन आब्हान गरेका छन ।

प्रतिक्रिया दिनुस