कञ्चनपुर भाद्र २८। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कञ्चनपुरको अध्यक्षमा गजेन्द्र बहादुर चन्द निर्विरोध निर्वाचित भएका छन । आईतबार जिल्ला अधिबेशनबाट राप्रपा कञ्चनपुरका युवा नेता चन्द अध्यक्षमा सहमतीय आधारमा सर्वसम्मत चयन भएका हुन ।

त्यसैगरी सदस्य तर्फ बिरेन्द्र बहादुर चन्द, महेश्वरी सिह, दिल बहादुर नाथ, रमेश भट्ट, दिपक नाथ, राजेन्द्र प्रशाद भट्ट, लोक बहादुर कुँवर, कैलाश भट्ट, कल्लु राना, दिनेश विष्ट, हेमबाबु लेखक, धिरेन्द्र बहादुर चन्द, सुरेश चटौत, सुकमान सुनार, बल बहादुर तामाङ्ग केशव राज जोशी, प्रकास थापा, गंगा कठायत, महेश भाट, मोहनजंग रोकाया, दिलिप बडायर, खडक बहादुर विष्ट, नन्दादेवी जोशी, धव्रराज भट्ट, अम्बादत्त पन्त, गोर्बधन खडका, नन्दादेवी खत्री, रामेश गौमत चयन भएका छन ।

राप्रपा कञ्चनपुरको अध्यक्षमा चयन भएका नव अध्यक्ष गजेन्द्र बहादुर चन्दले जिल्लामा राप्रपालाई एकिकृत रुपमा अघि बढाउदै गतिशिल बनाउने योजना रहेको बताए । ‘जिल्लाको विकास निर्माण एव विकृतीलाई हटाउँदै जान्छु, ‘अध्यक्ष चन्दले भने, ‘राप्रपालाई एकिकृत रुपमा अघि बढाउदै गतिशिल बनाउछु ।’

उनले राप्रपालाई लाग्दै आएको आरोप चिर्दै पार्टी युवाहरुको काँधमा आएको पनि बताए । ‘यो एउटा भ्रम छरिएको छ,

राप्रपामा बुढापाखा मात्रै हुन्छन, भन्ने मेरो नेतृत्वले हटाएको छ, ‘उनले भने, ‘राप्रपा अब युवा पुस्ताको काँधमा आएको छ ।’

राप्रपा जिल्ला अध्यक्ष पुर्ण बहादुर चंन्द ज्युको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि राप्रपा केन्द्रीय निर्देशन समिति सदस्य धर्मराज जोशी रहेका थिए भने विशिष्ट अतिथिमा राप्रपा केन्द्रीय कार्यसम्पादन समिति सदस्य त्रेय तिर्थ राज चटौत, हिक्मत भण्डारी, रण बहादुर बलायर तथा केन्द्रीय सदस्यहरू दशरथ जोशी, बलराम चटौत, ईन्द्र बहादुर केसी, शान्ति माया सुन्वार,गजेन्द्र बहादुर चंन्द,हेम बाबू लेखक,

पतिराम चुनारा तथा पुर्व जिल्ला अध्यक्ष विनोद विष्ट तथा निर्वाचन कमिटि सदस्य बहादुर सिह विष्ट र हरिहर पाण्डे रहेका थिए । भव्य तथा सभ्यताका साथ सम्पन्न भएको कार्यक्रममा कञ्चनपुर जिल्ला भरिका ९ वटै स्थानीय तहका राप्रपाका वडा अध्यक्ष ज्युहरू, नगर अध्यक्ष ज्युहरू, क्षेत्रीय अध्यक्ष ज्युहरू तथा राप्रपामा आस्था राख्ने हरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुस