धनगढीमा नेपालमै पहिलो पटक निःशुल्क सडक कालोपत्रे प्रयोगात्मक तालिम सञ्चालनमा ल्याइएको छ । सिटिईभिटी प्रदेश कार्यालय धनगढीको आर्थिक समन्वय तथा इन्टरनेशनल ईन्स्टिच्यु अफ टेक्नोलोजीको व्यवस्थापनमा धनगढी ट्रेनिङ्ग सेन्टर प्रालिमा पहिलो पटक नेपालमै सडक पिच गर्न सिकाउने निःशुल्क ३ महिने तालिमको प्रयोगात्मक सिकाइ कार्यक्रम सन्चालन गरिएको हो ।

नेपालमा रोड पिच गर्नको लागि जनशक्ति नहुदा छिमेकी देश भारतबाट ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्न खोजिएको तालिम सञ्चालकले बताए । अबको केही बर्षमा नेपालमै आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ नेपालमै पहिलो पटक धनगढीमा सडक पिच गर्न सिकाउने निःशुल्क ३ महिने तालिमको प्रयोगात्मक सिकाइको कार्यक्रम संचालन गरेको संयोजक बिनोद खड्काले जानकारी दिए । उक्त तालिममा ६० जना सहभागी रहेका छन् ।

प्रतिक्रिया दिनुस