बैतडी-ढुसी लागेर बन्दा कुहिन थालेपछि बैतडीका किसान चिन्तित भएका छन । बिक्री गर्न तयार भएको बन्दा कुहिन थालेपछि दशरथचन्द नगरपालिका १ गुरुखोलाका किसान चिन्तित भएका हुन स्थानिय किसान कृष्णबहादुर बोहराले बारीमा रोपेको सबै बन्दा कुहेर सखाप भएको बताए ।

उनले विक्रि योग्य हुने बेला बन्दा कुहेपछि हामीलाई धेरै घाटा लागेको बताए । किसान पार्वती भट्टले लगातारको बर्षाका कारण बन्दा सप्रिन नसकेको बताइन् । उनले बन्दाबाट आम्दानी गर्ने योजना तुहिएको बताईन् । बारीमा मकैको साटो बन्दा लगाएको भएपनि यो बर्ष बन्दाले धोका दिएको किसान दिनेश भट्टले बताए । बन्दा बजारमा पुर्याउन लायक हुन लागेको बेलामा कुहिन थालेपछि किसानहरु समस्यामा परेका उनले बताए । पछिल्लो समयमा किसानहरु बन्दा खेतीमा आकर्षित भएपनि कुहिने समस्याका कारण अप्ठ्यारोमा परेका छन् ।

बढी बर्षाका कारण बन्दामा ढुसी लागेर कुहिने रोग लागेको सिप्रेडका कार्यक्रम संयोजक भुवन भट्टले जानकारी दिए । किसानहरुलाई आफूहरुले पनि विभिन्न प्राविधिक सल्लाह दिईरहेको समेत उनले बताए । बीउ र प्रविधिमा सहयोग गरेको भएपनि यो बर्ष कुहिने रोगका कारण किसानहरु मारमा परेका उनले बताए ।

प्रतिक्रिया दिनुस