कञ्चनपुर भाद्र २८। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा बुङ्गल नगरपालिका नगर कमिटीको उपसभापतिको लागि जगदीश जोशीले उम्मेदवारी दिने घोषणा गरेका छन् । बुङ्गलका क्षमतावान युवा तथा प्रष्ट वक्ता जोशीले ९ असोजमा सम्पन्न हुने गाउँ र नगर अधिवेशनमा नगर कमिटीको उपसभापतिको लागि उम्मेदवारी दिने घोषणा गरेका हुन ।
महाधिवेशनमा नगर कमिटीको उपसभापतिको लागि आफ्नो उम्मेदवारी रहने उनले बताएका छन् । ‘कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा बुङ्गल नगरपालिका नगर कमिटीको उपसभापतिमा मेरो उम्मेदवारी रहने छ साथ र सहयोगको अपेक्षा गर्दछु’ जोशीले भने ।
कांग्रेसको वडा अधिवेशन भदौ २० गते ५७ जिल्लामा सम्पन्न भएको थियो । बाँकी २० जिल्लाको वडा अधिवेशन असोज ५ गतेका लागि तोकिएको छ । यस्तै, ९ असोजमा गाउँ र नगर अधिवेशन सम्पन्न गरिने कांग्रेसको महाधिवेशन कार्यतालिका रहेको छ ।