कञ्चनपुर भाद्र २८। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा डिलाशैनी गाउँपालिका उपसभापतिका लागि राजेश प्रसाद जोशीले उम्मेदवारी दिने घोषणा गरेका छन् । बैतडीको डिलाशैनी गाउँपालिका वार्ड नं ४ पिडारू घर भएका क्षमतावान युवा विध्यार्थी नेता जोशीले ९ असोजमा सम्पन्न हुने गाउँपालिका अधिवेशनमा डिलाशैनी गाउँपालिका कमिटीको उपसभापतिको लागि उम्मेदवारी दिने घोषणा गरेका हुन ।
महाधिवेशनमा नगर कमिटीको उपसभापतिको लागि आफ्नो उम्मेदवारी रहने उनले बताएका छन् । ‘कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा डिलाशैनी गाउँपालिका कमिटीको उपसभापतिमा मेरो उम्मेदवारी रहने छ साथ र सहयोगको अपेक्षा गर्दछु’ जोशीले भने । असोज ९ गते मा गाउँ र नगर अधिवेशन सम्पन्न गरिने कांग्रेसको महाधिवेशन कार्यतालिका रहेको छ ।
प्रतिक्रिया दिनुस