सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर ह्वात्तै बढेको छ । मंगलबार थप ७० जनामा संक्रमण पुष्टि भएको हो । सोमबारको तुलनामा मंगलबार तेब्बरभन्दा बढीमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सोमबार सुदूरपश्चिममा २२ जनामा संक्रमण देखिएको थियो ।

गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन बिधिबाट एक हजार २२ जनाको नमुना परीक्षण गर्दा ७० जनामा सङ्क्रमण पुष्टि भएको हो । ७० जनामध्ये ४१ जनामा पीसीआर र २९ जनामा एन्टीजेन बिधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो ।
पीसीआर बिधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा २६,जिल्ला अस्पताल बैतडी र डडेल्धुरा अस्पतालमा पाँच÷पाँच ,महाकाली अस्पतालमा तीन र कमलबजार अस्पतालमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै एन्टीजेन बिधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरमा २०, दार्चुलामा छ,कैलाली बाजुरा र बझाङका एक÷एक जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर २४ जनाले कोरोना जितेका छन्,भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन ।

प्रतिक्रिया दिनुस