राष्ट्रिय जनमोर्चा सुदूरपश्चिममा भएको बिद्रोहको असर डोटीमा समेत परेको छ । डोटीमा राष्ट्रिय जनमोर्चाले जिल्ला भेला गरेको छ । भेलाले केशवनाथ योगीको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

जिल्ला भेलाको उदघाटन प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा सुप ईन्चाज लालबहादुर जाग्रीले गर्नु भएको थियो । भेलामा प्रमुख वक्ता राजमोका सुप अध्यक्ष लोकेन्द्र लम्साल, सुप सचिव लक्षीराम आचार्य, सह सचिव हुकुम साउद, अखिल छैठौका केन्द्रीय महासचिव महेश जोशी, राजमो कञ्चनपुरका जिल्ला अध्यक्ष गोविन्द विक, डडेल्धुराका जिल्ला उपाध्यक्ष दिल ब एेर, कैलाली जिल्ला प्रतिनिधि कृष्णप्रसाद चौधरी लगायत अनेम संघ डोटी अध्यक्ष लक्ष्मी भट्टराई, किसान संघका लक्ष्मन भण्डारी, युवक संघ डोटीका अध्यक्ष सागर भट्ट समता समाजका रमेश नागरी लगायतले शुभकामना मन्तव्य राखेका थिए । जिल्ला भेलाले अध्यक्षमा, केशवनाथ योगी, उपाध्यक्ष हरि प्रसाद भट्ट , सचिव हेम विक्रम चन्द , कोषाध्यक्ष रमेश नागरी, सह सचिव शिवराज भट्ट , सदस्यहरुमा राम बहादुर खड्का , वीर बहादुर बम, खडक प्रसाद भट्टराई , कमल भण्डारी , लक्ष्मी भट्टराई, पुजा बिक, नन्दकला भट्ट , पुर्ण शाही , उमाकान्त जोशी , रमेश पातली, लक्ष्मन भण्डारी , पुस्कर जोशी, देवनाथ योगी, दिपक बिक, हिक्मत बोगटी, सागर भट्ट , नरेन्द्र बलायर, जयराम मल्ल, रामेश्वर भुल, दिल बहादुर बलायर , तेज ताम्राकार, शेर बहादुर बम, गणेश चन्द, शेर बहादुर चन्द, समीर जोशी, टेक मल्ल, लाल बहादुर बिठाडी, कैलास नाथ योगी, बम बहादुर बिक, ल‍ोकराज अवस्थी, लाल कोली , रहेकाछन ।

प्रतिक्रिया दिनुस