अछाम : नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उपाध्यक्ष भीम रावलले माधव नेपाल नेतृत्वको पार्टीमा मतभेद सुरु भइसकेको बताएका छन्। गृहजिल्ला अछाम पुगेका रावलले एमाले अछामको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालको पार्टी नेकपा ९एकीकृत समाजवादी०मा मतभेद सुरु भएको बताएका हुन्।
‘माधव नेपालको पार्टीमा मतभेद सुरु भइसक्यो। त्यहाँ मन्त्री बन्नका लागि हानथाप छ,’ रावलले भने आज दुई महिनाभन्दा बढी नाघिसक्यो, यो सरकार गठन हुँदा के भन्नुभाथ्यो उहाँहरूले भने हामीले विगतका दिनहरुमा गरेका थियौँ होला मन्त्री हुनका लागि तर, अब हामी त्यस्तो गर्दैनौँ। हामी अब निस्स्वार्थ किसिमले काम गर्छौं। जनता र देशको लागि काम गर्छौं। तर, दुई महिना बितिसक्यो सरकारले पूर्णता पाएको छैन। भौतिक तथा योजना मन्त्रालय अन्तरगत सडक, खानेपानी, सिचाई हुने, ठेक्का र कमिसन बढी आउने भएकाले त्यो मन्त्रालय कसले लिने भनेर मारामार छ। सरकारले पूर्णता पाउन त छाटकाट छैन।’ मन्त्री को बन्ने भनेर नै समाजवादीमा मतभेद रहेको उनको भनाइ छ।
यस्तै, अर्को सन्दर्भमा बोल्दै उनले आफूले एमाले फुटाएर छुट्टै पार्टी खोल्नुपर्ने कहिल्यै नबताएको स्पष्ट पारेका छन्। एमाले पार्टीमा आन्तरिक विवाद रहेका बेलासमेत एमाले आफू एकताकै पक्षमा उभिएको उनले बताएका हुन्। आफूले पार्टीमा फुट आवश्यक नरहेको बताउदै एकताका लागि भरपुर प्रयास गरेको उनको भनाइ छ। एमाले तत्कालीन नेता माधव नेपाललाई अलग पार्टी खोल्न आग्रह नगरेको र कतै नभनेको उनको दाबी छ। एमालेको १० बुँदे सहमतिसँगै ०७५ जेठ २ को अवस्थामा एमाले पुगेसँगै पहिलो पटक उनी गृहजिल्ला पुगेका हुन्। उनी एक वर्षपछि मात्रै अछाम फर्किएको बताइएको छ।