कञ्चनपुर, असोज, १। पत्रकार विमल धामी, युवा उद्यमी सन्देश पाण्डे र विद्यार्थी सतिश नेपालीमाथि साँघात्मिक हमला गर्ने गिरोहलाई बेलडाँडी प्रहरीले अझै पक्राउ गरेको छैन । शुक्रबार साँझ चवन्नी बजारमा सुरेश खत्री सहितको गिरोहले शुरुमा विद्यार्थी सतिश नेपाली, त्यसपछि क्रमिक रुपमा युवा उद्यमी सन्देश पाण्डे र पत्रकार विमल धामीमाथि साँघात्मिक हमला गरेर कुटपिट गरेर फरार भएका थिए ।

बेलडाँडीका किशोर एव विद्यार्थी नेपालीमाथि कुटपिट गरिरहेका बेला युवा उद्यमीले यसरी निर्धात किन ? कुटपिट गरेका छौँ । भनेर सम्झाई बुझाई गर्ने क्रममा युवा उद्यमी पाण्डको टाउको फुटाएर भागेको गिरोहसंग घटना बारे सोधपुछ गर्दा पत्रकार धामीमाथि समेत हमला गरि खत्रीको गिरोह भागेको स्थानीय अभिमान सिह थापाले बताए । घटना घटेको एक दिन वितिसक्दा पनि बेलडाँडी प्रहरीले गाँउमा विद्यार्थी, युवा यद्यमीदेखि पत्रकार कुटपिट गिरोहलाई पक्राउ गरेको छैन । खोज्दै छौँ, खोजिरहेका छौँ, भन्दै प्रहरीले आलटाल गरिरेहको छ । तर, दोषि भागेर विदेश जानसक्ने भन्दै स्थानीयले पं्रहरीको विगतको कार्य देखेर प्रहरीप्रत्ति शंका गरिरहेका छन । उता नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले पत्रकार धामीमाथि कुटपिट गर्ने गिरोहलाई कार्बाहीको माग अघि सारेको छ । पत्रकार महासंघले शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै बेलडाँडी पोष्टका सह सम्पादक तथा पत्रकार महासंघका निर्वतमान सदस्य धामी सहितमाथि भएको साँघात्मिक हमलाको भत्र्सना गरेको छ । पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामीले हस्ताक्षर गरेको विज्ञप्तीमा घाईते पत्रकारको शिघ्र लाभको कामना गरेको छ । खत्री गिरोहको आक्र्रमणमा परी पत्रकार धामी, युवा उद्यमी पाण्डे र विद्यार्थी नेपाली घाईते भएका थिए । घाईते पत्रकार र युवा उद्यमी उपचारपछि घर फर्किएपनि विद्यार्थी नेपालीको भने कैलालीको सारथी अस्पतालमा उपचार भईरहेको छ । गाँउमा आतङक मच्चाउने र विद्यार्थीदेखि पत्रकारमाथि हमला गर्ने गिरोहमाथि कार्बाही नगरि स्थानीयले प्रहरी बिरुद्धमा आन्दोलनको चेतावनी दिएका छन । जिल्ला र ईप्रका बेलडाँडीले भने हमला गर्ने गिरोहलाई पक्राउ गरेर कार्बाही गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुस