क्ञ्चनपुर, असोज १ , कञ्चनपुरका पत्रकार विमल धामी र बेल्डाँडीका युवा उद्यमी सन्देश पाण्डेमाथि सुरेश खत्री गिरोहले निर्घात कुटपिट गरेका छन ।
शुक्रबार साँझ बेलडाँडीको चवन्नी बजारमा खत्री समुहले ग्याङ बनाएर फिल्मीशैलीमा आएर युवा उद्यमी पाण्डेमाथि कुटपिट गरेर भाग्ने क्रममा पत्रकार धामीले सोधपुछ गर्दा उनीमाथि समेत निर्धात कुटपिट गरेर भागेका थिए ।
स्थानीय अभिमान सिह थापाले पाण्डेमाथि मरणाशन्न हुने गरि कुटपिट गरेर फरार हुन लागेको गिरोहले पत्रकार धामीमाथि समेत कुटपिट गरेको बताए । ‘कुटपिट गर्ने समुह यता सन्देश पाण्डेलाई कुटपिट गरेर भागिरहेका थिए, ‘उनले भने, ‘किन कुटपिट गरेर सोधपुछ गर्दा पत्रकार बिमल धामीमाथि समेत निर्धात कुटपिट गरेर भागेका छन ।’ खत्री गिरोहका कुटपिटबाट युवा उद्यमी पाण्डेको टाउको सहित शरिरमा गम्भिर चोट लागेको छ । भने पत्रकार धामीको भित्री भागमा गम्भिर चोट लागेको छ । विद्यार्थी नेता समेत रहेका पाण्डे र पत्रकार धामी दुवै बेलडाँडीका होनहार युवकमाथि भएको कुटपिटको पत्रकार संघ संगठन एव स्थानीय युवा उद्यमीहरुले भत्र्सना गरेका छन । कुटपिट गर्दै गुण्डाशैली अपनाउने समुह पक्राउ गरि कार्बाही गर्नुपर्ने स्थानीयको माग छ । बेलडाँडी प्रहरीले विगतका विभिन्न घटनामा दोषि भगाउने, पक्राउ नगर्ने, र पीडितलाई न्याय नदिने कार्यमा आलटाल नगर्न समेत स्थानीयले आग्रह गरेका छन । इलाका प्रहरी कार्यालय बेलडाँडीमा घाईतेहरुले उजुरी दिदा समेत प्रहरीले कुटपिटमा संलग्न गिरोहलाई पक्राउ गरेको छैन । इलाका प्रहरी कार्यालय बेलडाँडीका इन्चार्ज रविन्द्र कठायतले घटनाको छानबिन भईरहेको बताए । उनले दोषिहरुलाई पक्राउ गरि कार्बाही गर्ने बताए । नेपाल पत्रकार महासंघ कञ्चनपुरका निर्वतमान जिल्ला सदस्य समेत रहेका पत्रकार कुटपिट गर्ने र अर्का युवा व्यवसायीमाथि भएको निर्धात कुटपिटको पत्रकार, व्यवसायीका संघ संगठनले भत्र्सना गर्दै स्वतन्त्रपुर्वक व्यवसाय र पत्रकारिता गर्र्ने अधिकारको हनन् गरेको भन्दै स्थानीयले कुटपिट गर्ने गिरोहमाथि कानुनी कार्बाैही नभएर प्रहरी बिरुद्धमा आन्दोलनको चेतावनी दिएका छन ।