कोरोना भाइरसको सन्त्रास सारा संसारभर व्याप्त छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको भाइरसका अनेकन भेरियन्ट देखा परेका छन् । भाइरसले रोकिने नाम लिएको छैन । जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म विश्वभर ४६ लाख ७८ हजार ८२२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने २२ करोड ७६ लाख ११ हजार ९९४ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो-अमेरिका । अमेरिकामा हालसम्म ६ लाख ७२ हजार ६३५ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । अमेरिकापछि ब्राजिलमा ज्यान गुमाउनेको संख्या धेरै छ । ब्राजिलमा हालसम्म ५ लाख ८९ हजार ५७३ जनाले ज्यान गुमाइसकेका छन् । छिमेकी मुलुक भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा छ । भारतमा हालसम्म ४ लाख ४४ हजार २४८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

यसैगरी मेक्सिकोमा २ लाख ७० हजार ५३८, पेरुमा १ लाख ९८ हजार ८९१, रुसमा १ लाख ९३ हजार १११, बेलायतमा १ लाख ३५ हजार ३१४, इटालीमा १ लाख ३० हजार २३३ र कोलम्बियामा १ लाख २५ हजार ८२६ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।।

प्रतिक्रिया दिनुस