महेन्द्रनगर । कञ्चनपुरमा पत्रकार र युवा उद्यमी विद्यार्थी माथी सांघातिक आक्रमण गरेको आरोपमा प्रहरीले दुइ जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार (हिजो) साँझ बेल्डाँडीको चवन्नी बजारमा बेल्डाँडी पोष्टका सहसम्पादक विमल धामी र युवा उद्यमी सन्देश पाण्डेमाथी सांघातिक आक्रमण गरेको आरोपमा सोही ठाउँका १८ बर्षीय पारस खत्री र १९ बर्षीय रवि खत्रीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बेल्डाँडीले जानकारी दिएको हो ।

स्थानिय सुरेश खत्री सहितका समुहले विद्यार्थी सतिश नेपाली, युवा उद्यमी सन्देश पाण्डे र धामीमाथि कुटपिट गरेर फरार भएका थिए । कुटपिट बाट युवा उद्यमी पाण्डको टाउकोमा चोट लागेको छ । पत्रकार धामी र युवा उद्यमीको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बेल्डाँडीका सई शिव दत्त पन्तले जानकारी दिए । विद्यार्थी सतिस नेपालीको कैलालीको सारथी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यता नेपाल पत्रकार महासंघ साखा कञ्चनपुरले पत्रकार धामीमाथि कुटपिट गर्ने गिरोहलाई कार्बाहीको माग अघि सारेको छ । महासंघले शनिबार विज्ञप्ती जारी गर्दै बेलडाँडी पोष्टका सह सम्पादक तथा पत्रकार महासंघका निर्वतमान सदस्य धामी सहितमाथि भएको साँघात्मिक हमलाको भत्र्सना गरेको हो । अध्यक्ष माधव सिह धामीद्धारा हस्ताक्षरीत विज्ञप्तिमा पत्रकारको शिघ्र लाभको कामना सहित दोषी उपर कार्वाहीको माग गरीएको छ ।

प्रतिक्रिया दिनुस