महेन्द्रनगर । कञ्चनपुरको झलारी बचत तथा श्रृण सहकारी संस्थाले दुईजना सेयर सदस्यको असामयिक निधन पछि परिवारलाई चेकहस्तान्त्रण गरेको छ ।
सहकारीका सेयर सदस्य लालझाँडी गाउँपालिका–२ का प्रविना कुमारी राना र सुक्लाफाँटा नगरपालिका–१२ का शोभा कुमारी महराको असामयिक निधन पछि निजका परिवारलाई पाँच÷पाँच हजारको चेक हस्तान्त्रण गरिएको सहकारीले जनाएको हो ।
राना र महराको असामयिक निधन प्रति दुःख व्यक्त गर्दे संस्थाको निर्णय अनुसार दुबै सेयर सदस्यका आफन्तलाई आइतबार उक्त रकमको चेक हस्तान्त्रण गरिएको सञ्चालक समिति सदस्य दिपक राज भट्टले जानकारी दिए ।
प्रतिक्रिया दिनुस