महेन्द्रनगर । सुदूरपश्चिममा सवारी दुर्घटना बढ्दै गएको देखिएको छ। गत आर्थिक वर्ष २०७७÷०७८ मा सवारी दुर्घटनामा परि सुदुरपश्चिममा एक सय ८७ जनाले ज्यान गुमाए । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा थप ४४ जनाले सवारी दुर्घटनामा परि ज्यान गुमाउनुपरेको प्रहरीको तथ्याँङकले देखाएको छ ।
प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष ०७३र०७४ मा १ सय ८४ दुर्घटनामा १ सय ३२ जनाको मृत्यु र ३ सय ४७ जना घाइते भएका थिए । त्यस्तै आर्थिक ०७४र७५ र ७५र०७६ क्रमश १ सय ६४ सवारी दुर्घटनामा १ सय ५८ जना र आर्थिक वर्ष ७५र०७६ मा २ सय २३ जनाले ज्यान गुमाएका थिए । जसमध्ये १ सय ४२ पुरुष, ४७ महिला र ३४ बालबालिका छन् । आर्थिक वर्ष ०७६र७७ र ०७७र७८ मा ५ सय ६२ सवारी दुर्घटना भएका छन् । जसमा क्रमशः १ सय ४३ र १ सय ८७ जनाको मृत्यु भएको तथ्यांक छ ।
प्रहरीका अनुसार गत वर्षमा मोटरसाइकल सबैभन्दा धेरै दुर्घटनामा परेको देखिन्छ । सडक दुर्घटना बढ्नुमा सवारी चालकको लापरबाही नै प्रमुख कारण रहेको ट्राफिक प्रहरीले औंल्याएको छ । ट्राफिक नियमविपरीत तीव्र गति, जथाभावी ओभरटेक, चालक निदाउने, मादक पदार्थको सेवनलगायत कारणले सवारी दुर्घटना हुने गरेको पाइएको प्रदेश प्रहरी प्रमुख वामदेव गौतम बताउँछन् ।
दुर्घटनाको अर्को कारणमा मौसम पनि हो । कुहिरो लाग्नु, वर्षा हुनु, बाढीपहिरोका कारणले पनि सवारी दुर्घटना भइरहेका छन् । सडकको दुरवस्था पनि दुर्घटनाको मुख्य कारणमै पर्ने गौतमको भनाइ छ । प्रहरी तथा प्रशासनले दुर्घटना न्यूनीकरणका लागि विभिन्न संयन्त्र परिचालन तथा जनचेतनामूलक कार्यक्रम गरिरहेको बताए पनि बढ्दो दुर्घटनाको तथ्यांकले त्यसको प्रभावकारिता न्यून मात्रै रहेको देखाउँछ । प्रहरीले भने मुख्य राजमार्गहरूमा सीसीटीभी क्यामेरा जडान गर्ने, दुर्घटनाग्रस्त क्षेत्रमा त्यसको जनाउ दिनेगरी सांकेतिक बोर्ड राख्ने, समयसमयमा चालक र यात्रुसमेतलाई विभिन्न ट्राफिक नियमसम्बन्धी जानकारी तथा तालिम दिने काम गरिरहेको दाबी गरेको छ ।