महेन्द्रनगर । कञ्चनपुरमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार पछिल्लो २४ घण्टामा थप २४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा भीमदत्तनगरपालिकाका ६ जना, पुर्नवास नगरपालिकाका ५ जना, दोधाराचादनी र बेदकोट नगरपालिकाका ३–३ जना र सुक्लाफाँटा नगरपालिकाका १ जना रहेको स्वास्थ्य कार्यालयकी कम्प्युटर अपरेटर महेन्द्रा भट्टले जानकारी दिइन् ।

यस सँगै जिल्लामा दोस्रोलहर सुरु भएपछिको कोरोना पुष्टि हुनेको संख्या ८ हजार ५ सय ८४ रहेको छ । पछिल्लो २४ घण्टामा १३ जनाले कोरोना जितेको कम्प्युटर अपरेटर भट्टले जनाइन् । जिल्लामा हालसम्म कोरोना निकोहुनेको संख्या ८ हजार २ सय ४७ रहेको उनले बताइन् । त्यस्तै जिल्लामा हालम्म १९३ जनाको कोरोना बाट मृत्युभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुस