कञ्चपुरको गौरीफन्टा नाकाबाट यात्रु बोक्दा जथाभावी भाडा असुल्न थालेपछि दररेट अटोमै टाँस्न लगाइएको छ । भारतबाट स्वदेश फर्किने सुदूरपश्चिमेली सहितका नेपालीसँग अटो रिक्सा चालकले चर्को भाडा असुलेको भन्दै गुनासो आएपछि दररेट टाँसिएको हो।

३० रुपैयाँ लाग्ने बाटोमा रिक्सा चालकले एक हजारसम्म असुली गर्दै अएका गुनासो गरिएको थियो । वडा प्रहरी कार्यालय धनगढी र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको समन्वयनमा दररेट टाँसिएपछि असुली रोकिएको जनाइएको छ । यस्तै अटेरी गर्ने रिक्सा चालकलाई कारबाही गर्ने ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुस