गौरब बिष्ट ,कञ्चनपुर असोज ७ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका झलारीबाट प्रकाशित हुने शुक्लाफाँटा खबर दैनिक पत्रिकाका सम्पादक जय बहादुर ऐर लाई मातृ शोक परेको छ ।
पत्रकार ऐर की ममतामयी आमा डडेल्धुरा जिल्ला स्थायी बसोबास भइ हाल शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ अमरपुर निवासी बसोबास गर्दै आएका पार्वती देबी ऐरको आज असोज ७ गते बिहिवार मध्यान् करिब १२ बजे तिर असामयिक निधन भएको उहाँको पारिवारिक स्रोतले बताएको छ।

सम्पादक ऐर कि ममतामयी आमाको ६९ बर्ष को उमेरमा निधन भएको छ भने उहा बिगत केहि समय देखि बिरामी पर्नुभएको थियो । त्यसै गरि सम्पादक ऐर लाई झलारी पिपलाडी उद्योग बाणिज्य संघ झलारी का अधिकांस पदाधिकारीहरु ले समेत सामाजिक संजालमा श्रदान्जली ब्यक्त गरेका छन् । सम्पादक ऐर झलारी पिपलाडी उद्योग बाणिज्य संघ झलारी का सचिब समेत रहेका छन् । शुक्लाफाँटा खबर दैनिक पत्रिकाले पनि सम्पादक ऐर लगायत शोकसन्तप्त सम्पूर्ण परिवार जनप्रति गहिरो समवेदना प्रकट गरेको छ । सम्पादक ऐर का ममतामयी आमा को आजै बिहिबार नै महाकाली भुजेला आर्याघाटमा अन्त्यस्टि गरिएको पारिवारिक स्रोतले जानकारी दिए।

प्रतिक्रिया दिनुस