गणेश एसके ,कञ्चनपुर असोज ७ । कञ्चनपुरको भीमदत्त नगरपालिका वार्ड नम्बर ०९ मटैनामा नगरपालिकाले दिएको ठेका टेण्डरको बिषयलाई लिएर स्थानीय बासिन्दाहरुले बिरोध गरेका छन ।
भीमदत्त नगरपालिकाले दिएको ठेक्का टेण्डर स्थानियको हितबिपरित दिएको भन्दै बिरोध गर्दै संघर्षमा उत्रिएका छन।
स्थानीय जनताहरुको भेला गराई डा.पदम नाथको अतामा १७ सदस्यीय संघर्ष समिति तयगठन गरिएको हरिश ऐरीले जानकारी दिनुभयो । भीमदत्त नगरपालिकामा नेकपा एमालेको स्थानीय सरकार भएको चार वर्ष वितिसक्दा पनि कामिकाटे खोला संरक्षणका लागि बजेटको नाममा सुन्य रहेको स्थानियले गुनासो गरेका छन । भीमदत्त नगरपालिकाले टेण्डर केहि ठेकेदार र केहि व्यक्तिहरुको हितमा मात्रै भएको भन्दै बिरोध जनाएका छन । भीमदत्त नगरपालिकाले खोला संरक्षण गर्नुको साटो केहि ठेकेदार र केहि व्यक्तिको स्वार्थर्पुतीमा ठेक्का भएको कामिकाटे खोला संरक्षण संघर्ष समितिका अध्यक्ष डा.पदम नाथले बताए।