बैतडी, ८ असोज । सुदूरपश्चिम प्रदेश स्तरिय भलिबल प्रतियोगिताका लागि बैतडीमा पुरुष भलिबल टिम छनौट गरिने भएको छ । जिल्लामा खेलाडी छनौट प्रतियोगिता असोज १३ गते सञ्चालन हुने जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले जानकारी दिए ।
जिल्लाभरिबाट आएका खेलाडीहरुको छनौट प्रतियोगिता पाटनस्थित श्रीकृष्ण माविको खेलमैदानमा सञ्चालन हुनेछ ।

छनौटमा जिल्लाभित्रैकै खेलाडी हुनुपर्ने जनाइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीमा आवद्ध खेलाडीलाई छनौटमा सहभागि हुन नपाउने बैतडी जिल्ला खेलकुद समितिले जनाएको छ । उक्त छनौट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने नौ जनालाई छनौट गरि टिम बनाइने अध्यक्ष भण्डारीले बताए । छनौट भएका जिल्लाका खेलाडीलाई असोज १४ देखि १७ गतेसम्म पशिक्षण दिइनेछ ।
छनौट भएको जिल्लाको टिमले प्रदेशस्तरिय छनौट प्रतियोगितामा सहभागिता जनाउनेछ । सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना प्रदेशस्तरिय छनौट प्रतियोगिता धनगढीमा असोज २० देखि २३ सम्म सञ्चालन हुनेछ ।

उक्त छनौट प्रतियोगितामा सुदूरपश्चिमका नौ वटै जिल्लाबाट उत्कृष्ट प्रर्दशन गरेका १२ खेलाडी छनौट गरि राष्ट्रिय प्रतियोगितामा सहभागि हुनका लागि प्रदेशको टोली बनाइनेछ ।

प्रतिक्रिया दिनुस