नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपाल नाडाको ४५ औँ बार्षिक साधारण सभा तथा निर्वाचन मंसिरमा हुने भएको छ ।
नाडाको असोज ८ गते होटल सोल्टी, काठमाडौँमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिर २२ र २३ गते साधारण सभा तथा निर्वाचन गर्ने निर्णय गरेको हो ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालका अनुसार नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई बर्षमा अध्यक्ष लगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरिय एशोसिएशन समेत गठन गरिसकेको जनाएको छ । सो बैठकमा अध्यक्ष दुलालले नाडाको ट्राफिक जनचेतना सम्बन्धी कार्यक्रमलाई देशव्यापी बनाउन नाडाका ७ वटा प्रदेशस्तरिय एशोसिएशनका अध्यक्षहरूलाई ट्राफिक ज्याकेट लगायत, जनचेतनामूलक स्टिकर, र कोभिड विरुद्धको मास्क समेत हस्तान्तरण गरेको नाडाका महासचिव सुनिल रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

नाडाका अनुसार ती सामानहरू नाडाका प्रदेश एशोसिएशनहरुले सम्बन्धित ट्राफिक कार्यालयहरूमार्फत वितरण गर्ने छन् । नाडाले गत भाद्र २५ गते त्रिपुरेश्वर चोकमा महानगरिय ट्राफिक प्रहरी महाशाखाको सहयोग र सहभागितामा त्यस्ता सामानहरू वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुस