उत्तर कोरियाले फेरि जापानी समुद्रमा मिसाइल परीक्षण गरेको छ । दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले आज बिहानै जापानी समुद्री क्षेत्रमा मिसाइल प्रहार गरेको जनाएको छ । उत्तर कोरियाले मिसाइल परीक्षण गरेको एक दिनअघिमात्रै दक्षिण कोरियाले कटुतापूर्ण व्यवहार छाडेमा वार्ता गर्न तयार रहेको बताएको थियो ।

दक्षिण कोरियाली सेनाले यसै महिनाको सुरुमा इस्ट सीका रुपमा चिनिने जापानी समुद्री क्षेत्रमा क्रुज र ब्यालिस्टिक मिसाइल परीक्षण गरेको जनाएको थियो। जापानी सञ्चारमाध्यमले संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको मिसाइल नै उत्तर कोरियाले परीक्षण गरेको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुस