दशैँ र तिहारको बिदामा अधिकांश मानिस घरपरिवारसँगै रमाइलो गरी बिताउँछन्। केही भने परिवारका साथ घुमफिर गर्न देशभित्रै र बाहिर निस्किन्छन्। यसपालि बडा दसैँ र तिहार क्रमशः असोज र कात्तिकमा परेको छ। जसका कारण यी दुवै महिनामा अन्य महिनाको तुलनामा सार्वजनिक बिदा धेरै परेको छ।

असोजमा ५ शनिबारसहित कुल ११ दिन बिदा परेको छ। असोज ३ गते संविधान दिवसको बिदा भइसकेको छ। असोज २१ गतेबाट बडादशैं सुरु हुँदैछ। यो दिन सार्वजनिक बिदा दिइएको छ। दसैँ बिदा भने असोज २६ गतेदेखि असोज ३० गतेसम्म दिइएको छ। असोज २६ गते फुलपाती, २७ गते महाअष्टमी, २८ गते नवमी र २९ गते विजयादशमी परेको छ। असोज ३० गते शनिबार एकादशी परेको छ।

कात्तिक महिनामा तिहार परेको छ। यो महिना ४ शनिबारसहित कुल ८ दिन बिदा दिइएको छ। तिहारको बिदा कात्तिक १८ गतेबाट सुरु भएर कात्तिक २१ गते सकिनेछ। कात्तिक १८ गते लक्ष्मीपूजा परेको छ। कात्तिक १९ गते गोबर्द्धन पूजा र कात्तिक २० गते शनिबार भाइटीका परेको छ। भाइटीको भोलिपल्ट अर्थात कात्तिक २१ गते पनि सार्वजनिक बिदा दिइएको छ। छठ कात्तिक २४ गते परेको छ। असोज र कात्तिकमा यी बिदाका दिन सेयर बजार खुल्ने छैन। बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीहरुलाई पनि बिदा दिइएको छ।

प्रतिक्रिया दिनुस