धनगढीमा प्रथम खुल्ला पेनाल्टी सुट आउट फुटबल प्रतियोगिता हुने भएको छ ।बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक देउथान युवा क्लब तारानगरले विजया दशमी तथा दीपावलीको अवसरमा असोज २१ गते खुल्ला पेनाल्टी सुट आउट फुटबल प्रतियोगिताको आयोजना गरेको जनाएको हो । धनगढीको खुल्ला मञ्चमा हुने प्रतियोगितामा प्रथम पुरस्कार एक लाख पाँच हजार पाँच सय पचपन्न रुपैयाँ ट्रफि मेडल र दोस्रो पुरस्कार पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ र ट्रफी मेडल रहेको प्रतियोगिता संयोजक विशाल चौधरीले बताए ।

प्रतियोगितामा उत्कृष्ट गोल रक्षकलाई पच्चीस सय पचपन्न रुपैयाँ र ट्रफी प्रदान गरिने छ । खेलमा ५ जना खेलाडी र एक जना गोल रक्षक गरी ६ जना हुनुपर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा ६० टिमको सहभागिता रहने अपेक्षा गरिएको छ

प्रतिक्रिया दिनुस