महेन्द्रनगर । सुदूरपश्चिममा बुधबार थप ३३ जनामा कोभिड(१९ को संक्रमण पुष्टि भएको छ। प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ९ सय ८९ को नमूना परीक्षण गर्दा ३३ जनामा सङ्क्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालमा १८, जिल्ला अस्पताल बैतडीमा ४, डडेल्धुरा अस्पतालमा २ र महाकाली अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यस्तै एन्टिजेन विधिबाट कञ्चनपुरमा ५, कैलाली, डोटी र अछाममा १÷१ जनामा सङ्क्रमण देखिएको हो। यस्तै आज प्रदेशभर १७ जनाले कोरोना जितेर घर फर्किएका छन्।

प्रतिक्रिया दिनुस