कञ्चनपुरको बेलडाँडीका एक भट्ट दाम्पतीले छोराको न्वारनकै दिन जिवन बिमा गरेका छन । बेलडाँडी गाँउपालिका–१ टाईगरबस्तीका दिपक भट्ट र चन्द्र भट्टले पहिलो सन्तानको न्वारनकै दिन जिवन बिमा गरेका हुन । भट्ट दाम्पतीले पहिलो सन्तान शिशिर भट्टको नामाकरणकै दिन १० लाखको बिमा गरिदिएका छन । भट्ट दाम्पतीले छोरा लाई कुनै भौतिक गिप्ट भन्दा पनि सिधै बिमा गरेर भविष्यबारे सोचेका छन । ३ असोज संविधान दिवसका दिन जन्मिएका शिशिरको सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीमा बिमा गरेका हुन । ‘छोराको भविष्यका लागि मैले न्वारनकै दिन बिमा गरिदिएको छु, ‘उनले भने, ‘जब छोरा उच्च शिक्षा गर्ने उमेरमा पुग्छ, तब उक्त रकम खर्च गछौँ ।’

 

बिमा २० बर्षको अवधिको लागि गरिएको छ । पहिलो किस्ता बाफतको ४६ हजार, ६ सय ५०रुपैया परेको छ । उक्त रकम हरेक बर्ष कम्पनीलाई बुझाउनुपर्ने हुन्छ । सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी उपशाखा महेन्द्रनगरका प्रमुख पुष्कर राज भट्टले उच्च शिक्षा हासिलका लागि भट्ट दाम्पतीले सन्तानको लागि गरेको बिमाले दिर्घकालिन थुप्रै लाभ हुने बताए । ‘बिमा आफ्नो र परिवारका लागि हो, ‘उनले भने, ‘बिमाका थुप्रै महत्व छन ।’ उनले यस अघि पनि अधिकाँस अभिभावकले सन्तानको जन्मदिनको अवसरमा बिमा बनाउने गरेको बताए । सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी उपशाखा महेन्द्रनगरका प्रमुख भट्टले बिमाले शिक्षा, स्वाथ्य, जिवन एव विवित पक्षमा सहयोग गर्ने बताए । ‘कम उमेरका मानिसलाई शिक्षा, बृद्ध पुगेपछि साहरा हुन्छ, ‘उनले भने, ‘बिमा जिवनका लागि बहुआयामिक लाभ छन ।’

प्रतिक्रिया दिनुस