महेन्द्रनगर ।  लुकाइछिपाइ राखेको १२.८७ क्युफिट काठ बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ। बुधबार कृष्णपुर नगरपालिका–४ बेलकुण्डाका पुस्कर चौधरीको घरमा लुकाइछिपाइ गरि राखिएको १२.८७ क्यूफिट काठ र एक थान हाते मेसीन बरामद गरिएको प्रहरीले जनाएको हो ।

निज चौधरीले घरमा उक्त अबैध काठ लुकाएर राखेको भन्ने सूचना पछि गुलरिया प्रहरी र सवडिभिजन कार्यालय बाणीबाट खटिएको सयुक्त टोलीले चेकजाच गर्दा कच्चि घरको माथिल्लो तलामा लुकाई छिपाई राखेको अबैध सालको काठ, हल्दुको पटेरा गरी जम्मा १२.८७ क्युफिट काठ र काठ चिर्न प्रयोग हुने डिजेलबाट चल्ने हाते मेसिन थान १ बरामद गरि आवश्यक कारवाहीको लागी हरियाली सामुदायिक वन कार्यालयलाई बुझाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुस