फाइल।

कञ्चनपुर,असोज, १९ । बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ५ स्वाखानीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर तीन जना घाइते भएका छन् । डिलाशैनी गाउँपालिका वडा नम्बर ५ स्थानीय भैँसी व्यापारी २५ वर्षीय युवा महेश लुहारको सोमबार बेलुकी पानी र हावाहुरीसंगै परेको चट्याङ लागेर ज्यान गएको हो ।

चट्याङ लागेर लुहारसंगै रहेका तीन जना पुरुष घाइते भएका छन् भने किनेर ल्याएको एउटा भैँसीको समेत ज्यान गएको छ । चट्याङ लागेर घाइते हुनेमा मृतकका दाजु अम्बे लुहार, मृतकका भिनाजु डिलाशैनी ३ का हरिचन्द्र कोली र दार्चुलाको शैल्यशिखरका दीपक महर रहेका छन् ।

प्रतिक्रिया दिनुस