धनगढीमा रहेको सारथी अस्पतालले शनिबारदेखि निशुल्क ओपडी सेवा सुरु गरेको छ । कैलालीको धनगढीस्थित अस्पतालले दशैँको अवसरमा असोज ३० गते सम्म ओपडी सेवा निशुल्क गरेको हो ।

पाँच सय डाक्टरको ओपीडी शुल्क लिदै आएको अस्पतालले दशैको अवसरमा दिईने निशुल्क ओपीडी सेवाले विरामीलाई राहत पुग्ने अस्पतालका प्रवन्ध निर्देशक बेदप्रसाद जोशीले जानकारी दिनुभयो।

यस्तै, दमका बिरामीको पिएफटी निःशुल्क जाँच गर्ने र मेसिन समेत निशुल्क उपलब्ध गराउने अस्पतालले एक सूचना प्रकाशित गरी जानकारी दिएको छ । अस्पतालले बिशेषज्ञ डाक्टर सहित बिभिन्नि सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुस