असोज २० देखि धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । सोमबार धनगढीमा पत्रकार सम्मेलनमा खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंहले प्रतियोगितामा प्रदेशभरका ९ वटै जिल्लाका टिमको सहभागिता रहने बताए ।

‘भलिबल राष्ट्रिय खेल हो,सुदूरपश्चिममा सबैभन्दा बढी खेलिने खेल पनि यहीँ हो,सिंहले भने,‘त्यसैले हामीले पहिलो चरणमा भलिबल प्रतियोगिता आयोजना गरेका हौँ,क्रमशः अन्य खेलकुद प्रतियोगिता पनि सञ्चालन गछौँ।’ खेलमा पहिलो हुनेलाई एक लाख नगदसहित ट्रफी, द्धितिय हुनेले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, तेस्रो र चौथो हुनेले २५÷२५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुस