भारतका बिभिन्न सहरबाट गौरीफन्टा नाकामा पुगेका नेपालीहरु अलपत्र परेका छन् । ट्राभल्स एजेन्सीले यात्रुहरुलाई गन्तव्यसम्म नपुगाएर गौरीफन्टामै छोडिदिएपछि नेपाली अलपत्र परेका हुन्। सोही कारण नाकामा मंगलबार विहान केहीबेर तनावसमेत सिर्जना भएको थियो। ट्राभल्स एजेन्सी र अटोरिक्सा चालकबीच विवाद भएपछि नाकामा तनाव सिर्जना भएको हो।

बढी भाडा लिएको विषयमा एकअर्काबीच आरोप–प्रत्यारोप लगाउन थालेपछि विवाद भएको हो। यता ट्राभल्स एजेन्सीले बाटोमा भएको बढी खर्चका कारण यात्रुलाई गन्तव्यसम्म पुगाउन नसकेको दाबी गरेको छ। ट्राभल्स एजेन्सीका प्रतिनिधि शेरबहादुर महराले बाटोमा बढी खर्च भएका कारण नाकामा मात्रै पुगाएको बताए।

प्रतिक्रिया दिनुस