नेपाली बजारमा सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर ९० हजार ४०० रुपैयाँ पुगेको हो ।
यसैगरी बुधबार ८९ हजार ४५० रुपैयाँमा कारोबार भएको सोही परिमाणको तेजावी सुनलाई भने आज ८९ हजार ९५० रुपैयाँ पर्नेछ । यता, चाँदी पनि प्रतितोला १० रुपैयाँले बढेको छ । बुधबार एक हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ११७० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुस