अफगानिस्तानको कुन्दुज प्रान्तस्थित उत्तरपूर्वमा शुक्रवार शिया मस्जिदमा आत्मघाती बम हमला भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बम हमलामा कम्तिमा पनि १०० व्यक्तिको मृत्यु भएको छ भने १४० बढी व्यक्ति घाइते भएका छन् ।

 

मस्जिदमा शुक्रवारको नमाज बढ्ने बेला बिस्फोट गराइएकाले बढी क्षति भएको जनाइएको छ । मस्जिदमा त्यतिबेला ३०० बढी व्यक्ति भेला भएका थिए । अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि भएको यो सबैभन्दा ठूलो हमला हो । अल्पसंख्यक शिया समुदायको सैय्यद अबद मस्जिदभित्र घटना भएको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुस