आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले दिल्ली क्यापिटल्सलाई सात विकेटले हराएको छ । हिजो भएको रोमाञ्चक खेलमा दिल्लीले दिएको एक सय ६५ रनको लक्ष्य बेङ्ग्लोरले तीन विकेट गुमाएर अन्तिम बलमा भेट्टायो ।

अन्तिम बलमा पाँच रन चाहिएकोमा बेङ्ग्लोरका शिखर भरतले छक्का हानेर टिमलाई जिताए । भरत ७८ रनमा नटआउट रहे भने ग्लेन म्याक्सवेलले नटआउट ५१ रन बनाए । आईपीएलमा अब चेन्नई सुपर किङ्ग्स र दिल्ली क्यापिटल्सले पहिलो प्लेअफ खेल्नेछन् । बेङ्ग्लोर र कोलकाताले इलिमिनेटरमा खेल्नेछन् ।

प्रतिक्रिया दिनुस