कञ्चनपुर असोज २३। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वार्ड नं १ मा रहेको राम जानकी ग्रामीण विधुत सहकारी संस्थाको ११ औं साधारण सभा तथा ५औं अधिवेशन उद्घाटन भएको छ । सनिवार संस्थाकाे प्राङ्गणमा अध्यक्ष राम बहादुर महरा चिन्तकको सभापतित्वमा साधारण सभा शुरु भएको हो ।

५ औं अधिवेशन तथा   साधारण सभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि शुक्लाफाँटा नगरपालिका वार्ड नं १ का वार्ड अध्यक्ष हरिश बिष्टले गरेका थिए । साधारण सभामा  अतिथि शुक्लाफाँटा नगरपालिका न्यायिक समिति सदस्य तथा वार्ड सदस्य प्रर्मान्नद जोशी , सिद्ध बैजनाथ मावि का प्रधानाध्यापक धन शिह महरा बन्शाह खानेपानी उपभोक्ता समिती का अध्यक्ष सुवर्ण बिष्ट , अनुपम एकेडेमीका संस्थापक मदन राज जोशी, भगवती महिला सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष जानकी औझा , गणेशपुर ग्रामीण विधुत सहकारी संस्था लि का अध्यक्ष तेज शिह महरा लगायतका विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधि रहेका थिए । साधारण सभाको उद्घाटन कार्यक्रमकको सञ्चालन संस्थाका सचिव  पुस्कर जोशीले गरेका थिए स्वागत मन्तव्य संस्थाका कार्यालय सचिव विष्णु दत्त अवस्थीले गरेका थिए

५ औं अधिवेशनले आर्थिक वर्ष २०७६/७७ को ३०,५९,३२१ रकम र  आव २०७७/७८ को ३४,३५,४३४ रकमको कारोबार गरेको सहकारी को आर्थिक प्रतिवेदन पारित गरिएको छ ।

साधारण सभाबाट बन्शाहको सृजना सामुदायिक वनको छेउमा र बेलौरी सडकको किनारमा विगत देखि बस्दै आएका सुकुम्बासी बस्तीका १० परिवार लाइ निशुल्क विधुत मिटर जडान गर्ने निर्णय गरेको छ ।

विगतमा टाँट पल्टियो राम जानकी ग्रामीण बिधुत सहकारी संस्थाले युवा नेतृत्व पाएको बर्ष देखि आर्थिक रकम मुनाफा गर्दै विधुत ट्रान्समिटर खरिद पोल खरिद गर्दै लाइन विस्तारको कार्य तिव्र गतिमा भइरहेको छ । कोरोना कहरमा बिधुत सहकारी संस्थाले उपभोक्ता लाइ विधुत महशुस छुट गरेको थियो ।

तत्काल सुकुम्बासी बस्तीमा बिधुत जडान गर्ने साधारण सभाबाट निर्णय पारित गरिएको  राम जानकी ग्रामीण विधुत सहकारी संस्थाका अध्यक्ष राम बहादुर महराले जानकारी दिनुभयो ।

५ औं अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सहमति नभए पछि अर्को सूचना जारी गरेर साधारण सभा सम्पन्न गरिने भएको छ । नयाँ नेतृत्व चयन नभए सम्म सबै काम पुरानो समितिले गर्ने भएकाले छ ।

प्रतिक्रिया दिनुस