कञ्चनपुरमा एक जना लागुऔषधसहित पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेटक्वाटर शैलेश्वरी कञ्चनपुरले बेलडाडी गाउँपालिका वडा नम्बर ५ झिलमिलाबाट एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बेलडाडी गाउँपालिका वडा नम्बर ५ कै २२ वर्षिय झलक थापा रहेका छन्। उनको साथबाट चार ग्राम ब्राउन सुगर फेला परेको हो।

उनलाई कानूनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ। उनको साथबाट साइकलसमेत बरामद गरिएको छ।

प्रतिक्रिया दिनुस