शिवजी मण्डेल र बझाङ स् बझाङमा खप्तड राष्ट्रिय निकुञ्जबाट आएका जंगली बदेलले धानबाली नष्ट गरिदिदा थलारा गाउँपालिकाका किसानहरू मर्कामा परेका छन् । निकै मेहनत गरि गरिएको धानबाली खेती जंगली बदेलले नष्ट गरेपछि किसानहरू मर्कामा परेका हुन् । जंगली बदेलले १० नाली खेतको पाकेको धानबाली पुर्ण रुपमा नष्ट गरिदिएको थलारा गाउँपालिका ७ आठबिसकि किसान नन्नु सुनारले बताउनुभयो । उनले भनिन् खेती मध्येको त्यहीँ १० नाली हो , त्यहीँ पनि जंगली जनावरले नष्ट गरिदिएपछि लालाबालाको पालनपोषण र घरधन्दा चलाउन मुस्किल पर्ने उनको भनाइ रहेको छ ।

त्यस्तै सोही ठाउँका जैधन सुनारको १५ नाली धानबाली जंगली जनावरले नष्ट गरिदिएको छ । भने थलारा गाउँपालिका ८ का किसान लक्ष्मीराज जोशीको १० नाली धान खेती खप्तड राष्ट्रिय निकुञ्जबाट आएका जंगली बदेलले नष्ट गरेको बताए । निकुञ्जमा चोरी सिकारी बन्दभएछि जंगली जनावरहरू बढ्दै गएका छन् ।

अहिले जनावर बफरजोन हुँदै सिमा वर्ति गाउँका खेतीपाती नष्ट गर्ने गरेको पाइएको छ । निकुञ्जले भने जनावरले गरेको क्षतिपूर्ति दिने सूचना टास गरेको थियो ।

प्रतिक्रिया दिनुस