महेन्द्रनगर । कञ्चनपुरको एक कोल्ड स्टोरमा कार्यरत मजदुर मृत फेला परेका छन। बेतकोट नगरपालिका–६ सिसैयामा रहेको सुशनदिप आईस एण्ड कोल्ड स्टोर प्रालिमा मंगलबार बिहान वडा नम्बर ९ सुन्दरपुरका ६० बर्षिया बृद्ध हिरानन्द भट्ट मृत फेला परेको प्रहरीले जनाएको हो ।

मजदुर भट्ट उद्योगको वाथरुमा मृत फेला परेका तर मृत्युको कारण खुल्न नसकेको प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले जानकारी दिए । दशैँकै मुखमा उद्योगमै कार्यरत मजदुर भट्ट मृत फेला परेपछि आफन्तले शंस्कास्पद भएको भन्दै शव बुझ्न मानेका छैनन । मृतकका ज्वाई नन्दलाल जोशीले घटना बारे सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग राखेका छन ।

प्रतिक्रिया दिनुस