कञ्चनपुर असोज,२७/ बैतडीमा ट्याक्टर  दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । एक जना घाईते भएका छन् ।  मगंलवार राति गोकुलेश्वरदेखि सतंबाज आउँदै गरेको ट्याक्टर करिब साढे १२ बजे दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ को तारलमा दुर्घटना हुँदा जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ३ पंसेराका २३ बर्षिय योगेश पालको मृत्यु भएको हो ।

मृतक योगेश नेकपा एमाले बैतडीका जिल्ला अध्यक्ष रहेका सुरेन्द्र पालका छोरा हुन् । आफैले चलाएको ट्याक्टर दुर्घटनामा पर्दा गम्भीर घाईते भएका उनको जिल्ला अस्पताल बैतडीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बोध राज ओझाले बताए । यस्तै दुर्घटनामा परी घाईते हुनेमा सोही ठाउँका रुपेश कोली रहेका छन् । उनको जिल्ला अस्पतालमा उपचार भईरहेको र अवस्था सामान्य रहेको पनी प्रवक्ता ओझाले बताए । ट्याक्टर सडकबाट निकै चल खसेको बताईएको छ ।दुर्घटनाको कारण भने खुलेको छैन् ।

प्रतिक्रिया दिनुस